भारतमा ६ करोड बढी संक्रमित भएको दावी

भारतमा ६ करोडभन्दा बढ्री मानिस कोरोनाबाट संक्रमित भइसकेको एक अध्ययनले दावी गरेको छ। 

कोरोना संक्रमणको अध्ययन गरिरहेको देशकै अग्रणी एजेन्सीले देशभरि गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सरकारी तथ्यांकभन्दा १० गुणा बढी संक्रमति रहेको औँल्याएको छ। 

सरकारी तथ्यांकअनुसार हाल भारतमा ६२ लाखको हाराहारीमा संक्रमित उल्लेख गरिएको छ। अमेरिकापछि भारत विश्वको दोस्रो सर्वाधिक संक्रमित देश हो। अमेरिकामा ७४ लाखको हाराहारीमा कोरोना संक्रमित रहेका छन्। 

हलसम्म अमेरिकामा २ लाख १० हजारको निधन भइसकेको छ भने भारतमा ९७ हजारले ज्यान गुमाइसकेका छन्। महामारीको विषयमा अध्ययन गरेको एजेन्सीले कोरोनाको रगत परीक्षणबाट आएको नतिजालाई आधार बनाएको छ। 

‘रगतको परीक्षणपछि १० वर्षभन्दा माथि प्रत्येक १५ जनामध्ये एकमा सार्स–कोभ–२ भेटिएको थियो,’ इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आ्रइसीएमआर) का कार्यकारी निर्देशक बलराम भार्गभले मंगलबार स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा बताए।

प्रकाशित मिति: : 2020-09-30 17:35:52

प्रतिकृया दिनुहोस्