धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ।
आईसीयूमा उपचाररत सप्तरीको राजविराज नगरपालिका ४ का ३९ वर्षीय पुरुषको बुधबार बिहान ३ बजेर १० मिनेटमा मृत्यु भएको हो।
उनलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। विराटनगरस्थित गोल्डेन हस्पिटलले रिफर गरेपछि उनलाई बीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो।
असोज १० गते कोभिड अस्पतालमा भर्ना गरेर ती बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका रोगी रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए।
उनले १० वर्षदेखि डायलसिस गराइरहेका थिए।