वीरगञ्जमा स्वास्थ्य र सुरक्षाकर्मीसहित थप १२ जनामा कोरोना संक्रमण

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोशालामा मंगलबार साझ गरिएका परीक्षणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

१ सय २९ जनाको परीक्षण गर्दा नारायणी अस्पतालको क्वाटरमा बस्ने एक स्वास्थ्यकर्मी, वीरगञ्ज घण्टाघर नजिकै रहेको आर्मी ब्यारेकका ४ जवानसहित थप १२ जनामा संक्रमण पुष्टि नरायणी अस्पतालका प्रवक्ता एवम डा अतुलेशकुमार चौरसियाल बताए। 

संक्रमण पुष्टि हुनेमा वीरगञ्ज महानगरपालिका१३ का ४ चार र वडा नम्बर ६, ११ र १५ मा १ र १ जना छन्। 

बारा जिल्लामा पनि पाँच जनामा कोरोनाका संक्रमित थपिएका छन्। बारामा संक्रमित हुने मध्ये बारागढी गाउँपालिका १ र ४ मा एक र एक, पर्सौनी गाउँपालिका ४ मा एक, जितपुर सिमरा उपमहानगरपालिका ७ मा एक र परवानीपुर गाउँपालिकामा एक जना गरी पाँच जनामा रहेका छन्।

प्रकाशित मिति: : 2020-09-30 09:53:09

प्रतिकृया दिनुहोस्