विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ‘रेमडिसिभर’ औषधि चलाइएका कोरोना संक्रमितको मृत्यु भएको छ।
मोरङको जहदा गाँउपालिका ६ का ६० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान करिब ४ बजे मृत्यु भएको हो।
केन्द्रका संयोजक चिकित्सक दीपक सिग्देलका अनुसार कोरोना पोजिटिभ भएसँगै असोज ४ गते बिहान ११ बजे केन्द्रमा भर्ना गरिएको थियो।
बिरामीमा दीर्घ रोग मधुमेह तथा उच्च रक्तचापको समस्या थियो।
गएको ४ दिनदेखि बिरामीमा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि असोज ६ गते रातिदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको गरिएको थियो। यसक्रमा बिरामीमा ‘रेमडिसिभर’ औषधि समेत चलाउँदै आएको उनले बताए।
यससँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ। जसमा १९ महिला र ४९ पुरुष रहेका छन्।