अमेरिकामा १५ करोड मानिसमा र्‍यापिड टेस्ट गरिने

अमेरिकाले १५ करोड जनतालाई कोरोनाको र्‍यापिड टेस्ट (एबट  र्‍यापिड पोइन्ट अफ केयर टेस्ट) गराउने भएको छ। 

यसको जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयमले दिएका छन्। उनल अर्थतन्त्रलाई पुरानो अवस्थामा फर्काउन कोरोना परीक्षण गरिने बताए। 

अमेरिका विश्वको सर्वाधिक कोरोना संक्रमित देश हो। यहाँ ७३ लाखभन्दा बढी मानिस संक्रमित छन्। 

यस्तै मर्नेको संख्या पनि यहाँ बढी छ। २ लाखभन्दा बढी मानिस अमेरिकामा मात्र मरिसकेका छन्। 

अमेरिकी राष्ट्रपति ट्रम्पले पाँच करोड टेस्ट किट उच्च जोखिममा परेको समुदाय, बुढाबुढीमा वितरण गरिने जानकारी दिएका छन्। 

ल्याबमा टेस्ट गराउनुभन्दा एबट टेस्ट किट सस्तो पर्न जाने तथा १५ मिनेटभित्रै नतिजा निस्किने बताइएको छ। अमेरिकाको धेरै नर्सिङ होममा हाल यसको परीक्षण भइरहेको छ।

प्रकाशित मिति: : 2020-09-30 07:11:21

प्रतिकृया दिनुहोस्