रुसमा स्कुल थप एक साता बन्द

कोरोना भाइरसको भ्याक्सिन तयारी गरेको दावी गरिरहेको रुसले राजधानी मस्कोमा थप एक साता स्कुल बन्द गर्ने निर्णय गरेको छ। 

सेप्टेम्बर महिनाको सुरुवातमै स्कुल खोल्ने निर्णय गरेको रुसमा एक्कासी संक्रमितको संख्या बढ्न थालेपछि पुनः एक साता स्कुल बन्द गर्ने निर्णय गरेको हो। 

मस्कोका मेयर सर्गेई सोबयानिनले यसको जानकारी दिँदै भनेका छन्, ‘स्कुल ५ देखि १३ अक्टुबरसम्म बन्द रहनेछ।’

रुसमा कोरोना संक्रमितको संख्या १० लाख नाघेपनि मर्नेको संख्या कम छ। यहाँ २० हजार मानिसको मात्र कोरोनाबाट निधन भएको छ। 

संक्रमितको तथ्यांकमा अमेरिका, भारत र ब्राजिलपछि रुस चौथो नम्बरमा पर्छ।

प्रकाशित मिति: : 2020-09-30 07:01:29

प्रतिकृया दिनुहोस्