भारतमा कोरोना संक्रमित ६० लाख बढी

भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ६० लाख नाघेको छ। सोमबार बिहान सम्मको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म ६० लाख ७३ हजार ३४८ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ७०० जना नयाँ संक्रमित थपिएका छन्। साथै पछिल्लो २४ घण्टामा १ हजार ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ हजार ५०० पुगेको छ।

पछिल्लो अपडेट अनुसार ९ लाख ६४ हजार ४०७ जनामा सक्रिय कोरोनाका बिरामीहरू बिभिन्न अस्पताल र घरमै आइसोलेशनमा उपचाररत छन्। ५० लाख १३ हजार ३६७ जना निको भएर घर फर्किएका छन्।

भारतमा अहिलेसम्म ७ करोड १२ लाख ५७ हजारभन्दा बढीको पिसीआर परीक्षण गरिएको छ।

प्रकाशित मिति: : 2020-09-28 08:14:04

प्रतिकृया दिनुहोस्