नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
उनको निवासको भान्छामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि उनी सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।
थापाले स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै आफूलाई सेल्फ क्वारेन्टाइन गरेको आइतबार रक्षा मन्त्रालयबाट जारी एक विज्ञप्तिमा भनिएको छ ।