धरानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ।
सप्तरीको राजविराज नगरपालिका ३ का ६३ वर्षीय पुरुषको शनिबार बिहानपख साढे एक बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।
विराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर आएका उनी यही असोज ८ गते दिउँसो सवा ३ बजेतिर प्रतिष्ठानमा भर्ना भएका थिए।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिराटनगरबाट प्रतिष्ठानमा रिफर गरिएको थियो। प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनमा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो।
त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो।
ती बिरामीमा पहिलेदेखि अन्य कुनै पनि रोग नभएको प्रतिष्ठानले जनाएको छ।