कतारबाट नेपाली श्रमिकको उद्धार गर्न दैनिक ४ उडान चाहिने राजदूतको भनाई

अलपत्र नेपाली श्रमिकको उद्धारका लागि दैनिक ४ वटा उडान आवश्यक रहेको कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले बताएका छन्  ।

सोमबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्रविधिको प्रयोगमार्फत सहभागी भएका उनले श्रमिकको उद्धारका लागि चार्टर्ड फ्लाइटबाट मात्र सम्भव नहुने जानकारी दिए।

कतारमा १६ हजार नेपाली स्वदेश फर्किने प्रतीक्षामा रहेको र चाडपर्व नजिकिँदै  गरेकाले यो संख्या अझै बढ्ने भन्दै राजदूत भारद्वाजले सेड्युल फ्लाइटबाट मात्र यहाँ रोकिएका १६ हजार नेपालीलाई घर फर्काउन नसकिने दाबी गरे।

अहिलेसम्म कतारबाट छ हजार सात सय ७८ जनाको उद्धार भएको उनले समितिलाई जानकारी दिए।

प्रकाशित मिति: : 2020-09-21 14:06:22

प्रतिकृया दिनुहोस्