‘हिम चितुवा’ को निधनप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्रीले उनको कीर्तिमानी सदास्मरणीय रहने बताएका छन्।

ओलीले ट्वीट गर्दै भनेका छन्,  ‘बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दु:खित तुल्याएको छ। यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु।उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ।‘

शेर्पाको  ७२ वर्षको उमेरमा आज निधन भएको हो। उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए। उनलाई हिम चितुवाका उपनामले समेत चिनिन्थ्यो।  

प्रकाशित मिति: : 2020-09-21 13:50:58

प्रतिकृया दिनुहोस्