फागुनमै महाधिवेशन गर्नुपर्छ: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फागुनमै महाधिवेशन गर्नुपर्ने बताएका छन्।

सोमबार विज्ञप्ति निकालेर पौडेलले पाँच महिनामा महाधिवेशनका लागि तयारी गर्न सकिने उल्लेख गर्दै समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन्।

‘बाँकी रहेको पाँच महिना अवधिलाई सदुपयोग गरी समयमै १४ औं महाधिवेशन सम्पन्न गरौं भन्ने मेराे विचार हो। याे समय हामीलाई प्रयाप्त हुन्छ,’ उनले भनेका छन्।

सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे नियमित कार्यकाल गत वर्ष फागुनमा सकिएको थियो। देउवाले विधानअनुसार केन्द्रीय समितिबाट निर्णय गरी फागुन १९ सम्मका लागि म्याद थपेका छन्।

नेता पौडेलले भने एक महिनामा सकिने समायोजनका काम पनि वर्षदिनसम्म नसकेर महाधिवेशन टार्न खोजिएको आशंका पनि गरेका छन्।

‘अधिवेशन टार्ने, नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भए पनि पार्टी बचाउन सकिन्छ। वर्तमान नेतृत्वको नियत हेर्दा अधिबेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष देखिन्छ,’ पौडेलले भनेका छन्। 

उनले एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न नगराइएको भन्दै आपत्तिसमेत जनाएका छन्। 

‘समायोजन नै नभएपछि कृयाशील नवीकरण र वितरण त्यसै रोकिएर बस्ने भयो र अधिवेशन नै अन्यौलमा पर्ने स्थिति पैदा भयो,’ उनले भनेका छन्।

प्रकाशित मिति: : 2020-09-21 12:59:11

प्रतिकृया दिनुहोस्