नेपालगञ्जमा कोरोना भाइरस संक्रमणबाट सोमबार एक कैदीको मृत्यु भएको छ।
कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका सुर्खेत, गुर्भाकोट नगरपालिका सहारेका ५८ वर्षीय कैदीको मृत्यु भएको हो।
उनको भेरी अस्पतालमा बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले पुष्टि गरे।
उनी दमको बिरामी रहेकाले श्वासप्रश्वासमा जटिल समस्या थियो।
स्वास्थ्य समस्या आउपछि उनलाई सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएको थियो। थप राेगले च्यापन थालेपछि भदौ २१ गते उनकाे स्वाव लिइएको थियो।
त्यही दिन कोरोना पोजिटिभ रहेको रिपोर्ट आएको थियो। भदौ २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो।