सप्तरीमा  निषेधाज्ञा हटाएकै दिन ५० जना संक्रमित थपिए

सप्तरीमा प्रशासनले निषेधाज्ञा हटाएकै दिन जिल्लामा सबभन्दा बढी संक्रमित देखिएका छन्। 

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको ल्यावमा गरिएको परीक्षण रिपोर्टअनुसार मंगलबार ५० जना संक्रमित थपिएका हुन्। 

जिल्ला स्वास्थ्य कार्याल्य सप्तरीका अनुसार राजविराज नगरपालिकामा ४४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। जसमा बिभिन्न वडा र सरकारी कार्यालयका गरी ११ महिला र ३३ पुरुष रहेका छन्।

यता राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत २ जना, शम्भुनाथ नगरपालिकामा २ तथा छिन्नमस्ता गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका १/१ जनामा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ। 

सप्तरीमा हालसम्म १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यहाँ ८ जनाको मृत्यु भएको भने ७ सय ३६ जना निको भएर घर फर्किएका छन्। 
 

प्रकाशित मिति: : 2020-09-15 18:26:09

प्रतिकृया दिनुहोस्