काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र १० पुरूष छन्। जसमध्ये काठमाडौंका ६ जना, मोरङका २ जना, ललितपुर, भक्तपुर, रामेछाप. गोरखा, नवलपरासी, पर्सा र कपिलबस्तुमा १-१ जनाको ज्यान गएको छ।
शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यसैगरी आइतबार कोरोना संक्रमणबाट देशभर ९ जनाको मृत्यु भएको थियो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।