भूकम्पपछि तंग्रिँदै गरेको सिन्धुपाल्चोकमा शृंखलाबद्ध विपत्ति

थाहा खबर

काठमाडौं

रमेश पराजुली
सिन्धुपाल्चोक जिल्लालाई ०७१ सालको जुरे पहिरोदेखि निरन्तर प्राकृतिक प्रकोपले छाडेको छैन। जुरे पहिरोपछि सिन्धुपाल्चोक जिल्लामा श्रृंखलाबद्ध प्राकृतिक विपत्तिको सामना गर्नु परिरहेको छ। 

सिन्धुपाल्चोक जिल्लामा बाह्रबिसे नगरपालिका–७ मा शनिबार राति गएको पहिरोमा १० जनाको मृत्यु भएको छ। भने, अझै २१ जना बेपत्ता भएको बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले बताए।

‘अहिलेसम्म १० जनाको शव भेटिएको छ। भने अझै २१ जना बेपत्ता छन्। उनीहरुको खोजीकार्य भइरहेको छ’ उनले भने, असार २४ गते गएको बाढी–पहिरोबाट विस्थापित भएको जम्बु र खागदलका विस्थापितलाई त्यहाँ राख्नेबारे छलफल गरिरहेका थियौँ। तर, अहिले पहिरो गयो’ उनले भने, ‘हामीले त्यो बस्ती सुरक्षित ठानेर त्यहाँ विस्थापित राख्नेबारे सोचेका थियौँ। त्यहाँ पनि पहिरोले ठूलो क्षति पुग्यो।’
 

प्रकाशित मिति: : 2020-09-13 17:50:57

प्रतिकृया दिनुहोस्