अब २ हजारमै पीसीआर परीक्षण गरिने

सरकारले कोरोना संक्रमणका लागि अब दुई हजार रुपैयाँमै पीसीआर परीक्षण गरिने भएको छ । अब देशभरका सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।

उनले भने, "रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको हो ।"

यसअघि पीसीआर परीक्षण शुल्क पाँच हजार ५०० तोकिएको थियो । पछि विभिन्‍न अस्पतालहरुले पीसीआर परीक्षण शुल्क घटाएका थिए ।

प्रकाशित मिति: : 2020-09-13 17:18:38

प्रतिकृया दिनुहोस्