सार्ली एब्दो पत्रिकालाई आतंकवादी संगठन अल कायदाको फेरि धम्की

विश्वको ठूलो आतंकवादी संगठन अल कायदाले फेरि एक पल्ट फ्रान्सको पत्रिका सार्ली एब्दोमा आक्रमण गर्ने धम्की दिएको छ। संगठनले फेरि मुस्लिमहरूको भगवान मानिने पैगम्बर मोहम्मदसँग जोडिएको काटुर्न प्रकाशित गरेको भन्दै धम्की दिएको हो। 

यो त्यही कार्टुन थियो, जसका कारण सन् २०१५ मा आतंकवादी हमला भएको थियो। सार्ली एब्दोका कार्टुनिस्टले मुस्लिम धर्ममा देखिएको कमिकमजोरीलाई उजागर गर्दै कार्टुन बनाएका थिए।

 सार्ली एब्दोले पहिले इसाई र यहुदीको कार्टुन पनि प्रकाशित गरिसकेको छ। तर, धम्की भने इस्लाम धर्मसँग जोडिएको कार्टुन प्रकासित भएकोबाट मात्र आइरहेको छ।

अल कायदाले अमेरिकामा सेप्टेम्बर ११ को घटना घटाएको १९ वर्ष पुरा भएको अवस्थामा अंग्रेजी संस्करणमा कार्टुन प्रकाशित गरेको थियो। 

अल कायदाले धम्कीसहित पठाएको पत्रमा भनिएको छ, ‘साली एब्दो एक पल्ट मात्र आक्रमण हुन्छ भनेर ढुक्कसँग बसेको छ भने उसको त्यो भूल हो।’

अल कायदाले इस्लाम विरोधी कार्टुन प्रकासित गर्न राष्ट्रपति इमानुअल मेक्रोले स्विकृति दिएको दावी गरेको छ। धम्की पत्रमा भनिएको छ, ‘मेक्रोलाई हामी त्यही सूचना दिन चाहन्छौं, जुन हामीले उनीभन्दा अगाडि राष्ट्रपति फ्रेङ्कोइस होल्याण्डलाई दिएका थियौं।’

सार्ली एब्दोमाथि आक्रमण गर्ने १४ जनाविरूद्ध मुद्धा सुरु भएको छ। सन् २०१५ को ७ जनवरीमा पत्रिकाको मुख्यालय अगाडि भएको आतंकवादी हमलामा १२ जनाको निधन भएको थियो।

प्रकाशित मिति: : 2020-09-13 13:57:59

प्रतिकृया दिनुहोस्