पर्यटनमा कोरोना प्रभाव : पूर्वका होटल व्यवसाय चौपट !

थाहा खबर

विराटनगर

ध्रुव भट्टराई
कोरोनाको त्रासले प्रदेश एकको व्यापार–व्यवसायसमेत चौपट बन्न थालेको छ। खासगरी पर्यटकहरूको आवागमन हुने स्थानका होटलहरूमा आर्थिक संकट देखिन थालेको छ।

मेची करिडोरमा रहेको ताप्लेजुङको ठुलो फेदीदेखि इलामको कन्यामसँगै कोशी करिडोर क्षेत्र, धनकुटाको भेडेटार, हिले, संखुवासभादेखि हिमाली मार्गसम्म आइपुग्दा सबै होटल व्यवसायीहरूको एउटै चिन्ता देखिएको छ : अब बैंकको किस्ता र घरभाडा कसरी तिर्ने?

कोरोना महामारीका कारण प्रदेश १ मा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ। पर्यटकीय सिजनमै होटलहरू धमाधम बन्द भइरहेका छन्‌। होटल मात्रै नभई आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्य बनेको भेडेटार, इलामको फिक्कल, कन्याम, कोशी टप्पु लगायतका पर्यटकीय गन्तव्य सुनसान बनेको छ।
 

प्रकाशित मिति: : 2020-09-12 13:19:27

प्रतिकृया दिनुहोस्