चितवन मेडिकल कलेज भरतपुरमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका ११ का ६२ बर्षका पुरूषको उपचारका क्रममा बिहीबार दिउँसो १२:२० मा मृत्यु भएको कलेजले जानकारी दिएको छ।
कडा निमोनियाबाट पीडित उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।