पोखरामा ३ अर्बका ‘टुरिस्ट बस’ हिलोमा, घामपानीले बिग्रिन थाले टायर र पार्टपूर्जा

लोकान्तर

पाेखरा

विजय उत्सव

पाेखरा महानगरपालिका–७ मुस्ताङ चोकस्थित अस्थायी पर्यटक बसपार्कमा लाखौं मूल्य पर्ने पर्यटक बसहरू लहरै देखिन्छन् । बस चल्न नपाएको ६ महिना पुगिसक्यो ।

गत वर्षको चैत ११ गतेदेखि सरकारले लागू गरेको १२० दिने लकडाउनसँगै त्यसयता सार्वजनिक यातायात सञ्चालन रोकले चैत–वैशाखको गर्मीको राप तथा अहिलेको बर्खे झरी पनि बसहरूले झेलिसके ।

पार्किङ गरिराखेको स्थानमा झारपात पलाएको छ । महंगो मूल्य पर्ने गाडीका टायर बिग्रिसकेका छन्, मोबिल फेर्नुपर्ने छ । गाडीमा जडित टीभी तथा ब्याट्री चोरीका घटना समेत सुनिन्छन् ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि चैतमा पहिलो पटक १ हप्ताका लागि लकडाउन घोषणा गर्‍यो । कतिपय टुरिस्ट बसका चालकले अर्को हप्ता त खोलिहाल्ला नि भनी गन्तव्यमा गाडी पुर्‍याएर घरतिर गए । तर लकडाउन लम्बियो । केही चालक त फर्किन पाएनन् । गाडी खुला ठाउँमा रहँदा घामपानी खाए । महंगो मूल्य पर्ने पर्यटकस्तरका सुविधासम्पन्न गाडीहरू गुड्न नपाई त्यसै थन्किन बाध्य भएका हुन् ।

प्रकाशित मिति: : 2020-09-10 13:52:02

प्रतिकृया दिनुहोस्