नदी र वनको ढोका थुनिएपछि बोटे समुदायको बदलिएको बाटो

हिमाल खबर

महेश्वर आचार्य

चितवन राष्ट्रिय निकुञ्ज स्थापनापछि प्राकृतिक स्रोत उपयोगबाट वञ्चित नदी र जंगलमा आश्रित बोटे समुदाय जीविकाका लागि माछापालन, पशुपालन र होमस्टे जस्ता वैकल्पिक आयआर्जनका काममा लागेका छन्।

चितवनको माडी नगरपालिका-१ वनकट्टास्थित बोटे बस्तीका बासिन्दा १५ वर्षअघिसम्म नारायणी, राप्ती र रिउ खोलामा वटुवालाई नदी तार्ने परम्परागत काम गर्थे। समुदायका महिला निगुरो, च्याउ र तामा बटुल्न एकाबिहानै बस्ती छेउछाउका जंगल पस्थे। माछा मार्न र घोंगी टिप्न नदीनाला चहार्थे। नदीमा डुंगा खियाएर र संकलित चिजबिज बिक्रीबाट भएको आम्दानीले जीविका चलाउँथे।

तर विकासको क्रमसँगै बाटो र पुल बनेपछि नदी तार्ने उनीहरूको काम संकटमा पर्‍यो। भएको थोरतिनो जग्गा पनि नदीले कटान गरेर लग्यो।

अर्कातिर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ आएपछि बोटे समुदायकाे बस्ती रहेको वनकट्टा र पाण्डवनगर वरिपरिको जंगल समेत समेटेर २०३१ सालमा चितवन राष्ट्रिय निकुञ्ज बनाइयो। संरक्षण ऐनले कुनै पनि समुदाय र व्यक्तिलाई निकुञ्जका प्राकृतिक स्रोतमाथिको उपभोगमा प्रतिबन्ध लगायो। यसले बोटे समुदायलाई जीविकोपार्जनका लागि निर्भर रहँदै आएको खोला र जंगलबाट टाढिनुपर्ने बनायो।

प्रकाशित मिति: : 2024-05-19 08:03:00

प्रतिकृया दिनुहोस्