बिएल संवाददाता
चाैरजहारी नगरपालिकाका मेयर पुष्प वादीले प्रकाश दुतराजकाे गीत ‘करिम’ युट्युबबाट हटाउन माग गर्दै राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानलाई पत्र पठाएका छन्।
वादी समुदायकाे कथामा आधारित उक्त गीतले वादी समुदायप्रतिकाे अपमान, विभेद र शाेषणलाई प्रश्रय गरेकाे भन्दै साे गीतकाे प्रसारण बन्द गर्न भन्दै मेयर वादीले शनिबार प्रतिष्ठानलाई पत्र पठाएका हुन्।
उक्त गीतमा वादी समुदायकाे स्वाभिमानमा ठेस पुग्नेगरी सामाग्रीहरु तयार पारिएकाे उनकाे भनाइ छ। ‘विद्यालय पढ्दै गरेका बालबालिका र वादी समुदायप्रतिकाे अपमान विभेद र शाेषणलाई प्रश्रय पुग्ने गरी प्रकाशित उक्त सामाग्री तत्काल युट्युबबाट हटाउन माग गर्दछु’, मेयर वादीले प्रतिष्ठानलाई पठाएकाे पत्रमा उल्लेख छ।
नेपालकाे संविधानकाे धारा २४ मा जातीय छुवाछूत तथा विभेदविरुद्धकाे हकमा भएकाे उत्पत्ति, जात, जाति वा शरीरिक अवस्थाकाे कुनैपनि व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने कार्य गर्न नहुने हककाे बर्खिलाप हुनेगरी तयार गरिएकाे उक्त सामाग्रीले वादी समुदाकाे माैलिक हकमा समेत आघात पुगेकाे पत्रमा उल्लेख छ।
साथै गीतबाट वादी समुदायलाई देह व्यापारकाे कलङ्ककाे टीका लगाउने प्रयत्न गरी मानव अधिकारकाे समेत हनन् भएकाे आभास भएकाे पत्रमा उल्लेख छ।
उनले अझै पनि वादी समुदायलाई हेर्ने दृष्टिकाेणमा अन्तरआत्मदेखि नै सकारात्मक बन्न नसकेकाे स्पष्ट पारे।
उता गीतका सर्जक दुतराजले पनि गीतमा आफूले गल्ती गरेकाे महसुस भएकाे जनाएका छन्। विराेधका आवाज उठेलगत्तै उनले शुक्रबार नै सामाजिक सञ्जालमार्फत् गीतमा गल्ती गरेकाे आभास भएकाे उल्लेख गरेका थिए।
इतिहास पढे र बुझेअनुसार कथा र गीतलाई प्रस्तुत गरेकाे बताउँदै प्रकाशले त्यसमा आफ्नाे गलत मनशाय नरहेकाे स्पष्ट पारेका छन्।
विवाद र चर्चाबीच उक्त गीतले युट्युबमा सार्वजनिक भएकाे पाँच दिनमा ६ लाख १९ हजार भ्यूज प्राप्त गरेकाे छ।
चुनावले संसद त दिने भो, सरकार चाँहि बन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया