अनलाइनखबर
दाङ घोराहीका हेमन्त (परिवर्तित नाम) ०८० वैशाखमा अमेरिका पुग्न अवैध बाटो पछ्याए । एजेन्टलाई करिब ५० लाख रुपैयाँ बुझाएर भारतको दिल्ली–अजरबैजान–टर्की–पेरु–कोलम्बिया–पानामा–ग्वाटेमाला–मेक्सिको हुँदै ०८० वैशाखमा अमेरिका छिरे । ६ महिना लगाएर अमेरिका पुगेका उनले शरणार्थीका लागि निवदेन दिए । तर अमेरिकाले उनको मुद्दा अस्वीकार गर्यो र ०८० असोज ८ गते नेपाल फर्काइदियो । त्यसरी डिपोर्ट भएर फर्कनेमा उनीसँगै अरु ५ जना नेपाली पनि थिए ।
मानव तस्करलाई मोटो रकम बुझाएर सल्यानका हिमाल (परिवर्तित नाम) पनि अवैध बाटोबाट अमेरिका पुगे । एजेन्टले अमेरिका पठाइदिने भनेर उनलाई दुबई–टर्की–स्पेन–कोलम्बिया–पेरु–पानामा हुँदै मेक्सिको पुर्यायो । यसरी झण्डै ६ महिनाको यात्रामा प्रहरीको आँखा छल्दै उनी अन्ततः ०८० असोजमा अमेरिका पुग्न सफल भए । यसबीच उनले झण्डै ६५ लाख खर्चिसकेका थिए ।
अमेरिकी अध्यागमन प्रहरीले उनलाई सीमाबाट पक्राउ गरी डिटेन्सन (हिरासत)मा राखेको थियो । उनले आफू शरणार्थीका रुपमा बस्न पाउनुपर्ने भन्दै निवेदन हालेका थिए । तर अमेरिकाको अदालतले उनलाई शरणार्थीको मान्यता दिन अस्वीकार गर्दै डिपोर्ट गर्न (स्वदेश फर्काउन) आदेश दियो । ०८० चैत २५ मा उनलाई अमेरिकाले नेपाल फर्काइदियो । मोटो रकम खर्चिएर महिनौंको जोखिमपूर्ण यात्रा गरेका उनको अमेरिका सपना अधुरै रह्यो ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया