इरानका राष्ट्रपति इब्राहिम रइसी र विदेश मन्त्री हुसेन अमिरसहित उडेको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको छ।
आइतबार हराएको हेलिकप्टर सोमबार बिहानमात्रै इरानको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
तेहरान टाईम्सका अनुसार बाक्लो हुस्सुका कारण हेलिकप्टरले सहि दिशा ठम्याउन सकेको थिएन। अजरबैजान यात्राबाट फर्किंदै गर्दा दुर्घटना भएको हेलिकप्टरमा राष्ट्रपति इब्राहिम रइसी र विदेश मन्त्री होसेन अमिरसहित ९ जना सवार थिए। उनको सुरक्षामा अन्य दुई हेलिकप्टर पनि थिए। तर ती २ हेलिकप्टर सकुशल फर्किएका छन्।
द इस्लामिक रिपब्लिक न्यूज एजेन्सीले राष्ट्रपति रइसी सवार भएको हेलिकप्टरको दुर्घटनाभन्दा पहिलेको तस्विर जारी गरेको थियो। राष्ट्रपति रइसी सवार भएको बेल-२१२ नामक उक्त हेलिकप्टर अमेरिकामा बनेको हो।
रूस, आर्मेनिया, अजरबैजान, इराक, कतार, सऊदी अरब र टर्कीसँगै यूरोपीय युनियनले दुर्घटनाग्रसत हेलिकप्टरको खोजीका लागि स्याटेलाइट म्यापिङ गरेका थिए।
दुर्घटनापछि अन्तर्राष्ट्रिय समुदायले इरानमाथि समवेदना प्रकट गर्दै फरक फरक प्रतिक्रियाहरू दिइरहेका छन्।
इब्राहिम रइसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए। त्योबेला उनी ६३ वर्षका थिए।
इरानका सर्वोच्चच नेता आयातुल्लाह अली खुमैनीका उत्तराधिकारीका रुपमा राष्ट्रपति रइसीलाई लिइने गरिन्थ्यो। १४ डिसेम्बर सन् १९६० मा जन्मिएका राष्ट्रपति रइसी ५ वर्षको हुँदा उनका बाबुको मृत्यु भएको थियो। राष्ट्रपति रइसीका पिता एक मौलान। १५ वर्षको उमेरमा विद्यालय पुगेका राष्ट्रपति रइसी मोहम्मद रेजा शाहको सत्ताका विरुद्ध सडकमा उत्रिएका थिए। अयातोल्ला रुहोल्ला खुमैनीले इस्लामिक क्रान्तिको बलमा सन् १९७९ मा शाहको सत्ता ढालिदिएका थिए।
पेशाले कानुन व्यवसाय रहेका राष्ट्रपति रइसीका अयातोल्ला रुहोल्ला खुमैनीबाट प्रशिक्षित थिए। सन् १९८८ मा गुप्तचर ट्रिब्यूनल्समा सहभागी भएका थिए। जो इरानमा 'डेथ कमिटी'का नामले चिनिन्छ।
ती ट्रिब्यूनल्सले करिब ५ हजार राजनीतिक कैदी बन्दीहरूको मुद्दा ब्यूँताएर उनीहरूलाई मृत्युदण्ड दिन भूमिका खेलेका थिए।
इरानका वामपन्थी, मुजाहिदीन-ए-खल्का र पिपुल्स मुजाहिदीन संगठनमा आवद्ध रहेका कैदीबन्दीलाई मृत्युदण्ड दिन 'डेथ कमिटी'का सदस्यको हैसियतमा रइसीले भूमिका खेलेका थिए।
कट्टरपन्थी विचारधाराका रइसी इरानको सबैभन्दा महत्वपूर्ण मशहाद सहरमा रहेको आठौँ शिया इमाम अलि रजाको दरगाह आस्तान-ए-कुद्सका संरक्षक पनि थिए।
राष्ट्रपति रइसी सन् १९८९ देखि १९९४ सम्म इरानको महान्यायधिवक्ता थिए। सन् २००४ मा न्याय परिषदको दोस्रो तहमा बसेर काम गरेका थिए। पछि उनL उच्च अदालतमा मुख्य न्यायधीशसमेत भएका थिए।
अन्तर्राष्ट्रिय मानवअधिकारवादीहरूले उनलाई मानवता विरोधी अपराध गर्नेहरूमध्येका एक भएको बताउँदै आइरहेका छन्।
इरान-अमेरिका सम्बन्ध
सन् २०२० को सुरुवात जनवरी २ र ३ मा अमेरिकाले गरेको एयर स्ट्राइकमा इरानका लोकप्रिय मेजर जनरल कासिम सुलेमानीसँगै केही सैनिकहरू मारिएका थिए।
अजरवैजानमा संयुक्त रुपमा निर्माण भइहेका बाँधको उद्घाटनमा पुगेका थिए, राष्ट्रपति इब्राहिम रइसी र विदेश मन्त्री हुसेन अमिर।
पछिल्ला वर्षहरूमा इरान र अजरबैजानबीच सम्बन्ध सुधारका प्रयासहरू भइरहेका थिए। त्यही कडीको पछिल्लो कार्यक्रममा सहभागी हुन इरानको उच्च स्तरीय टोली अजरबैजान पुगेको थियो।
इरानले उतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्यसमेत तोकेका समाचारहरू आइरहेका छन्। अमेरिकाले मारिएका सुलेमानीलाई आतङ्ककारी घोषणा गरेको थियो।
सुलेमानी इराकका कार्यकारी प्रधानमन्त्री अदिल अब्दुल मेहदीको निमन्त्रणामा इराक पुगेका बखत अमेरिकी सैन्य कारबाहीमा मारिएका थिए। सुलेमानी मारिएको घटनालाई इराकले राजनीतिक हत्या बताउँदै आफ्नो देशमा रहेका अमेरिकी सैनिकलाई देश छाड्न आदेशसमेत दिएको थियो।
इरानको विशिष्ट सैन्य वल कुर्दस फोर्सका प्रमुख रहेका सुलेमानी इरानी नेता अयातुल्लाह खुमैनी पछिका सबैभन्दा लोकप्रिय व्यक्तिमा पर्दछन्। स्वयं खुमैनीले 'नमाज–ए–जनाजा' पढेर सुलेमानीको अन्तिम बिदाइ गरे। अन्तिम बिदाइमा लाखौँ नागरिक सहभागी भए।
मारिएका सुलेमानीको बिदाइसँगै तेहरानमा अवस्थित मस्जिद–ए–कुममा रातो झन्डा फहराइएको थियो। उक्त मस्जिदमा रातो झन्डा फहराइनुलाई औपचारिक रूपमा युद्धको घोषणा भएको मानिन्छ।गत जुन महिनाको २१ तारिकमा अमेरिकी शक्तिशाली जासुसी ड्रोन ट्राइनलाई इरानले खसालेको थियो। त्यसयता इरान र अमेरिकाबीचको सम्बन्धमा थप चिसोपन आउन थालेको हो।
अमेरिका र इरानबिचको सम्बन्ध सधैँजसो तनावपूर्ण रहँदै आएको छ। तर पछिल्ला सन् २०१५ मा अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा तनावपूर्ण सम्बन्धलाई कम गर्न ‘ज्वाइन्ट कम्प्रीहेन्सिब प्लान अफ एक्सन’ सुचारु गरेको थियो। डोनाल्ड ट्रम्प प्रशासनले त्यो प्रतिबद्धतालाई एकतर्फी ढगंले तोडेपछि सम्बन्धमा थप चिसोपन आउन थालेको हो।
कुनै बखत इरानी राजा सुल्तान रेजा शाह पहलवीले आयोजना गरेको रात्रीभोजलाई इरानका लोकप्रिय नेता अयातुल्लाह रुहोलिया खुमैनीले भूतको पार्टी भनेर भनेका थिए। त्यो शाही पार्टीमा युगोस्लाभियाका तत्कालीन राष्ट्रपति जोसेफ ब्रोज टीटोमोनाका प्रिसं रेनिअर र राजकुमारी ग्रेस, अमेरिकी उपराष्ट्रपति सिप्रो आग्नेयु र सोभियत सङ्घका नेता निकोलोई पोगानी पनि थिए।
सन् १९७०–७१ मा नै अमेरिका र इरानबिच सम्बन्धमा दरार आइसकेको थियो। सन् १९७९ ताका भएको इस्लामिक क्रान्तिभन्दा पहिले खुमैनीले टर्की, इराक, फ्रान्सलगायतका देशहरूमा खुमैनीले निर्वासित जीवन बिताएका थिए।
खुमैनीको दलिल थियो कि तिनै राजा पहलवीले गर्दा अमेरिकी परनिर्भरता बढेको हो। अझै अर्को ऐतिहासिक घटनामा त के हो भने सन् १९५३ मा मोहम्मद मोसादेगको लोकतान्त्रिक सरकारलाई अमेरिका र ब्रिटेनले अपदस्थ गरी राजा पहलवीलाई सत्ता सुम्पेको थियो। देशमा मोसादेगलाई नै तेल उद्योगको राष्ट्रियकरण गरेको श्रेय दिन्छन् इरानी जनता।
सन् १९८० को दशकमा जब इराक र इरानबीच युद्ध भयो, त्यतिबेला सद्दाम हुस्सैनलाई अमेरिकाले पनि साथ दिएको थियो। करिब १० वर्ष चलेको त्यो युद्धमा इरान र इराकका झन्डै ५ लाख सैनिक मारिएका थिए। त्यो लडाइँमा सोभियत सङ्घ पनि इराकको साथमा थियो। यता जब इरानमा खुमैनी सत्तामा फर्किए, उनी वामपन्थी आन्दोलनसँग दुरी बढाउँदै जान थाले। सन् २००२ को आसपासमा त इरानले पनि परमाणु कार्यक्रम सुरु गरिसकेको अन्तर्राष्ट्रिय समुदायको बुझाइ छ।
अमेरिका र इरानबीचको सम्बन्ध सधैँजसो तनावपूर्ण रहँदै आएको छ। तर पछिल्ला सन् २०१५ मा अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा तनावपूर्ण सम्बन्धलाई कम गर्न ‘ज्वाइन्ट कम्प्रीहेन्सिब प्लान अफ एक्सन’ सुचारु गरेको थियो। डोनाल्ड ट्रम्प प्रशासनले त्यो प्रतिबद्धतालाई एकतर्फी ढगंले तोडेपछि सम्बन्धमा थप चिसोपन आउन थालेको हो।
यसअघि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईएइए)ले इरानले परमाणु हतियार बनाएर मिसाइल परीक्षण गर्न खोजिरहेको रिर्पोट तयार पारेपछि अन्तर्राष्ट्रियस्तरको दबाब र नाकाबन्दीको सामना गर्दै आइरहेको इरानले ‘पी ५ प्लस१’ (अमेरिका, फ्रान्स, जर्मनी, ब्रिटेन, रुस र चीन)को लगातारको दबाबपछि २०१५ मा भियानामा परमाणु सम्झौता भएको थियो। सम्झौता युरेनियम भण्डारणको हद ३ सय केजी मात्रै र बाँकी तयारी युरेनियम रुसलाई हस्तान्तरण गर्ने तय भएको थियो। रुसले १ सय ४० टन प्राकृतिक युरेनियम ‘एल्लो केक’ इरानलाई दिने सहमति बनेको थियो।
चीन र भारत इरानबाट तेल खरिद गर्ने दुई मुख्य ठुला देश हुन्। इरानले १० प्रतिशत तेल भारत निर्यात गर्ने गरेको छ। तर बदलिँदो परिवेशका कारण दक्षिण कोरिया र जापानले इरानबाट तेल खरिद गर्न बन्द गरीसकेका छन्। अहिले इरानको सेन्टल बैङ्कसँग अन्तर्राष्ट्रिय स्तरका आर्थिक गतिविधिमा पनि रोक छ।
एक इरानमा पटक १९७९ मा अमेरिकी दूतावासका ५२ जना कर्मचारीलाई करिब एक वर्षसम्म बन्धक बनाइएको थियो। उक्त घटनामा खुमैनीको समर्थन रहेको अमेरिकाको बुझाइ रहँदै आएको छ। अमेरिकी सेनाले गरेको ‘इगल क्ल आर्मी अपरेसन’ इरानमाथि असफल भएको थियो।
अँग्रेजी फिल्म आर्गो त्यही अपरेसनमा आधारित हलिउड चलचित्र हो। उक्त चलचित्रलाई अफलिकले निर्देशन गरेका छन् भने जर्ज कोलोनी र ग्रयान्ट हेश्लभले लगानी गरेका थिए। इरानकै विषयलाई लिएर अमेरिकाका तत्कालीन राष्ट्रपति जिम्मी कार्टर दोस्रो कार्यकाल राष्ट्रपति हुन नसकेको समेत कतिपयको बुझाइ छ।
इरानमा शिया मुसलमानको सङ्ख्या उल्लेख्य छ। आईआईएफएसएसका अनुसार इरानमा ५ लाख २३ हजार सेना छन्। त्यही सेनामध्ये इस्लामिक रिभोल्युशनरी गार्डस इस्लामिक व्यवस्थालाई मजबुत बनाउन ४० वर्षअघि स्थापना भएको थियो।