सोमबार, १७ नोभेम्बर २०२५

हिमालय एयरलाइन्समा ‘उडुस आतंक’

News Image
• • •

नेपालबाट संयुक्त अरब इमिरेट्स (यूएई) गइरहेको हिमालय एयरलाइन्सको एक उडानमा यात्रुले असहज अनुभव गरेका छन्।

शनिबार हिमालय एयरलाइन्सबाट यूएई उडेका गोपाल पराजुलीले यात्राका क्रममा विमानभित्रका कतिपय सिटहरूमा उडुस देखिएको गुनासो गरेका छन्।

उनले सामाजिक सञ्जालमा उडुस आतंकको भिडियोसमेत सार्वजनिक गरेका छन्।

उनी भन्छन्, ‘विमानभित्र उडुस देख्ने बित्तिकै शरीरमै जिरिङ्ग आउने अनुभूति भयो। सिटमा बस्नसमेत असहज महसुस भयो। शौभाग्यवश यात्रा सकुशल सम्पन्न भयो, तर यस्तो अनुभव यात्रुका लागि निकै असजिलो हुन्छ।’

उनले हिमालय एयरलाइन्सका जिम्मेवार अधिकारीहरूलाई यात्रुको स्वास्थ्य र सुविधा सुनिश्चित गर्न विमानको सरसफाइ र सिट मर्मतमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

‘विशेषगरी रात्रीकालीन यात्रामा सिटको आराम र स्वच्छताले यात्राको गुणस्तरमा ठूलो प्रभाव पार्दो रहेछ। यात्रुको सन्तुष्टिका लागि निरन्तर सुधार अपेक्षित छ,’ उनले भनेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!