बिएल संवाददाता
भूतपूर्व सैनिकहरूले नेपाली सेनालाई लाञ्छना लगाएर विवादमा तान्ने काम नगर्न आग्रह गरेका छन्।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूतपूर्व सैनिकहरूले जेन–जी आन्दोलनका क्रममा सेनाले बल प्रयोग नगरेकै कारण मुलुक सुरक्षित अवतरणको बाटोमा गएको बताए।
अवकाश प्राप्त सेनानी थमनबहादुर बस्नेत, पूर्व उपरथी राजेन्द्र थापा, पूर्व सहायक रथी भरतबहादुर रायमाझी, पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात, अवकाश प्राप्त सेनानी वासुदेव अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए।
पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले जेन–जी आन्दोलनका क्रममा राष्ट्रको हितमा काम गरेको सेनाले राम्रो काम गर्दा पनि बदनाम गर्न खोजिएको गुनासो गरे। उनले ऐन कानुन हेरेर मात्र टिप्पणी गर्न आग्रह गरे।
केपी ओली, प्रचण्ड लगायतका नेताहरूले सेनाको विरुद्धमा बोलिरहेकाले सेनालाई मूर्ख संस्था नठान्न चेतावनी दिँदै सेनाको विरुद्धमा बोल्नुअघि राष्ट्रिय सुरक्षा परिषद्को नियम, सैनिक ऐन हेर्न सुझाव दिए।
अर्का अवकाशप्राप्त सेनानी वासुदेव अधिकारीले सेनाकै कारण जेन–जी आन्दोलनका क्रममा धेरै जनाको ज्यान जानबाट जोगिएको दाबी गर्दै केही बोल्दा र लेख्दा सेना र राष्ट्रलाई असर नपर्नेगरी गर्न आग्रह गरे।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया