सोमबार, १७ नोभेम्बर २०२५

माओवादी नेता महरा पक्राउ

सुवास शर्मा

सुवास शर्मा

काठमाडौं
News Image
• • •

माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन्।

भेपमा लुकाएर सुन ल्याएको प्रकरणमा उनलाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको हो।

०७९ पुस १० गते मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट ०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेश ल्याएको ७३ वटा बट्टमा ल्याएको ७३० थान भेपमा सुन लुकाएर ल्याएको पाइएको थियो।

उक्त सुन विमानस्थल भन्सारमा रोकिएपछि महराले छुटाउन भन्दै भन्सारमा दबाब दिएको आरोप लागेको थियो। उक्त प्रकरणको फोन संवादसमेत बाहिरिएपछि महराका छोरा राहुल पक्राउ परि कारागारसमेत चलान भएका थिए।

भेपमा लुकाएर ल्याएको सुन भन्सारका नासु रेवन्त खड्का समेतको मिलेमतोमा बेचिएको अनुसन्धानबाट खुलेको थियो।

महरालाई यसअघि पनि अनुसन्धानको दायरामा तानिएको थियो, तर सत्ता र प्रभावका कारण फाइल अघि बढ्न सकेको थिएन। केही दिनअघि महरासँग बयान लिइसकेपछि उनलाई पक्राउ गरिएको हो।

सीआईबीले महरासँगको अनुसन्धानलाई आगामी दिनमा थप गहिरो बनाउने तयारी गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!