राजदूतमा प्रस्तावित तीन जनाको संसदीय सुनुवाइ हुँदै

संसद्को संसदीय सुनुवाइ समितिले राजदूतमा प्रस्तावित तीन जनाको संसदीय सुनुवाइ गर्दैछ।

बिहिबार दिउँसो सार्वजनिक लेखा समितिको हलमा बस्ने समिति बैठकमा बेल्जियम र युरोपियन युनियनका लागि राजदूत सिफारिस भएका गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि सिफारिस भएका तापस अधिकारी र जर्मनीका लागि सिफारिस भएका रामकाजी खड्काविरुद्ध सुनुवाइ हुन लागेको हो।

संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर १२ भदौमा उनीहरूविरूद्ध उजुरी मागेको थियो। आज साढे ११ बजे बस्ने समितिको पहिलो बैठकमा उनीहरूविरूद्ध परेका उजुरीको खामबन्दी खोली सदस्यहरूलाई वितरण गरेर त्यसमा छलफल हुनेछ।

त्यसपछि साढे १२ बजे दोस्रो बैठक बसी प्रस्तावित राजदूतहरूसँग छलफल गरी राजदूतमा उनीहरूलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्नेछ। उनीहरूलाई १ भदौको मन्त्रिपरिषद्को बैठकले राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्नेछिन्। दक्षिण अफ्रिका, दक्षिण कोरिया, श्रीलंकालगायत देशमा राजदूत अझै रिक्त छन्।

प्रकाशित मिति: : 2020-09-10 11:20:59

प्रतिकृया दिनुहोस्