थुनामा मृत्यु प्रकरणमा रौतहटका एसपीसहित ६ प्रहरीविरुद्ध जाहेरी

थुनामा रहेका बेला युवकको मृत्यु भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दिएका छन्।

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजय महराका बाबु पनिलाल महराले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन्।

उनले इलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, सई वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जाहेरी दिएका छन्।

उक्त जाहेरीलाई जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको छ। 

निरन्जन रामको हत्याको आरोपमा पक्राउ परेका विजय महराको थुनामै रहेका बेला बिरामी परी उपचारका क्रममा मृत्यु भएपछि पीडित परिवारले प्रहरीको कुटपिटबाट मृत्यु भएको बताउँदै आएका छन्।

दोषीलाई कारबाहीको माग गर्दै गरुडामा निरन्तर प्रदर्शनसमेत भइरहेको छ।

प्रकाशित मिति: : 2020-09-09 19:50:57

प्रतिकृया दिनुहोस्