रौतहटको चन्द्रपुर नगरपालिकामा प्रहरीको भ्यानले ठक्कर दिँदा एक जना साइकल यात्रुको मृत्यु भएको छ। घटना परी अन्य दुई जना घाइते भएका छन्।
पूर्व राजमार्ग अन्तर्गत चन्द्रपुर-४ स्थित धन्सार पुलमा मंगलबार राति भएको उक्त घटनामा रौतहट कटहरिया नगरपालिका-७ बगही टोलका ६० वर्षीय नथुनि महतोको मृत्यु भएको थियो।
चितवनमा मजदुरी काम गर्दै आएका महतो साइकलमा घर आउँदै गर्दा धन्सारमा प्रहरीको गाडीले ठक्कर दिएको थियो।
उनीसँगै आएका गाउँकै ४५ वर्षीया हसन्तरा खातुन र सर्लाही बलरा नगरपालिका ५ अर्नाह टोलका ५५ वर्षीय जगदिश महतो कोईरी घाइते भएका छन्। उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ। जगदिशलाई थप उपचारका लागि प्रहरीले वीरगन्ज पठाइको छ।
२ नम्बर प्रदेश प्रहरी गण जनकपुरको ना १ ग ४७९ नम्बरको उक्त भ्यानले निजगढमा एक महिलालाई ठक्कर दिएर भाग्ने क्रममा साइकलमा घर आउँदै गरेका महतोलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ। निजगढमा उक्त भ्यानले ठक्करबाट घाइते भएकी महिलाको अवस्था भने समान्य छ।
प्रहरी भ्यानका चालक काठमाडौं दरबन्दी भइ २ नम्बर नम्बर प्रदेश प्रहरी गणमा काम गर्दै आएका प्रहरी हवल्दार सन्तबहादुर थापा रहेको डीएसपी हेमबहादुर शाहीले बताए।