कोरोनाविरुद्ध एक योद्धा : जसले सम्हालेका छन् कोसी कोभिड अस्पताल

थाहा खबर

विराटनगर

ध्रुव भट्टराई
कोरोनाविरुद्धको अभियानमा अहिलेका पहिलो योद्धा स्वास्थ्यकर्मी हुन्। विश्‍‍वभर महामारी बनेको कोरोनाको कुनै औषधि छैन। बिरामीका लागि छ त केबल डाक्टरसहितका स्वास्थ्यकर्मीको साथ र माया। चिकित्सकसहित स्वास्थ्यकर्मी अस्पताललाई नै घर ठानेर कोरोना संक्रमितको उपचारमा दिनरात खटिरहेका छन्। 

कोरोना नियन्त्रणका लागि सडकमा सुरक्षाकर्मी खटिरहेका छन् भने अस्पतालमा स्वास्थ्यकर्मी। सरकारले लकडाउन र निषेधाज्ञा जारी गरेर संक्रमण फैलिन नदिने कोसिस गरिरहेको छ। सुरक्षाकर्मीले एउटा मोर्चा सम्हालिरहँदा अर्कातिर संक्रमितको जीवन बचाउन चिकित्सकसहितका स्वास्थ्यकर्मी ज्यानको बाजी लगाएर खटिरहेका छन्।

एक महिनायता प्रदेश १ को राजधानी विराटनगर क्षेत्रमा कोरोना समुदायमा फैलिएको छ। त्यहीँ छ देशकै प्रमुखमध्ये एक कोभिड डेडिकेटेड अस्पताल। प्रदेश १ का कोरोना संक्रमितको उपचारका लागि कोसी अस्पतालले कोभिड-१९ डेडिकेटेड अस्पताल नै तयार गरेको छ। 
 

प्रकाशित मिति: : 2020-09-08 20:44:41

प्रतिकृया दिनुहोस्