पाँचथरका ४ प्रहरीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणमा जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत ३३ वर्षीय २ सहित तथा २६ र ३८ वर्षीय प्रहरीमा संक्रमण देखिएको हो।
यस्तै पाँचथर अस्पताल फिदिमको भवन निर्माणमा खटिएका ३८ वर्षीय एक मजदुर र राँके घर भएका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ।
संक्रमित सबैलाई शिक्षा स्रोत केन्द्र भवनको आइसोलेसनमा राखिएको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ।