वीरगञ्जमा नबिल बैंकका थप ५ कर्मचारीसहित २४ जनामा कोरोना पुष्टि

वीरगञ्जमा नबिल बैंकका थप ५ कर्मचारीसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राती गरिएको पीसीआर परीक्षणमा बैंकका कर्मचारीसहित थप पर्साका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

 वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानका २२ जनामा संक्रमण भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

यता, कृषि औजार कारखानामा रहेको सशस्त्र प्रहरी गुल्मका २ जना, कालिकामाई गाउँपालिका ४ का ५३ वर्षका एक पुरुष, जगरनाथपुर गाउँपालिकाका १६ वर्षकी एक किशोरीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ।
 

प्रकाशित मिति: : 2020-09-06 08:30:23

प्रतिकृया दिनुहोस्