रुपन्देहीमा थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु

रुपन्देहीमा थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र पुरुषको मृत्यु भएको सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

उनका अनुसार नवलपरासी प्रतापपुर गाउँपालिका २ की ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल ११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हाे। 

बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए। उनीहरुको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो। दुवैमा ज्वरो र श्वास प्रश्वासको समस्या रहेको डा. गौतमले बताए।

योसँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। बुटवल उपमहानगरका मात्रै ६ जनाको ज्यान गएको छ।

प्रकाशित मिति: : 2020-09-05 07:56:01

प्रतिकृया दिनुहोस्