बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ७ का ६४ वर्षीया महिलाको शुक्रबार बिहान बिहान ८ :४५ बजे मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए।
उनी भदौ ४ गते उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोग र निमोनिया देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन्।
उनलाई भर्ना भएकै दिनदेखि आईसीयूमा राखेर उपचार गरिएको थियो। उनको १५ गते स्वाब संकलन गरी पठाइएकोमा १६ गते कोरोना पोजिटिभ देखिएको थियो।