बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ।
भदौ ४ गते अस्पताल भर्ना बुटवल उपमहानगरपालिका ८ का भएका ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो।
उनी ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार गराइरहेका थिए।
संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
यहाँ मृत्यु हुनेको संख्या १० जना पुगेको छ। अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा २ जनाको मृत्यु भएको छ।