इटालीका वैज्ञानिकले कोरोना संक्रमणको विषयमा नयाँ जानकारी पत्ता लागेको दावी गरेका छन्।
इटालीको मोडेना एण्ड रेजियो एमिलिया विश्वविधालयका डाक्टर फ्रान्सिस्को बेन्तुरेलीले आफ्ना केही सहयोगीसँग मिलेर कोरोनाको १ हजार १ सय ६२ संक्रमितको अध्ययन गर्ने क्रममा नयाँ कुरा फेला पारेको दावी गरेका हुन्।
उनले मानिसमा कोरोनाको संक्रमण भएपछि भाइरस यसको प्रभाव कम हुन करिब एक महिना लाग्ने बताएका छन्।
त्यसैले उनले पोजेटिभ देखिएका संक्रमितको एक महिनापछि दोस्रो टेस्ट गर्नु उपयुक्त भएको बताएका छन्।
अहिले कोरोना संक्रमितलाई दुई साता आइसोलेसनमा राख्ने र पुनः परीक्षण गर्ने चलन छ।