कोरोना संक्रमणका कारण वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु भएको छ। 

उनको बुधबार बिहान निधन भएको अस्पतालका कोभिड संयोजक डा. अच्युतले कार्की बताए।

सर्लाही निवासी उनी भदौ १० गते वीरमा भर्ना भएका थिए।

‘झुण्डिएर आत्महत्या प्रयास गरेका रहेछन्। उपचारका लागि यहाँ ल्याइएको थियो,’ उनले भने, ‘ट्राभल हिस्ट्री भएका कारण हामीले कोरोना परीक्षण गरेका थियौं। हिजो मात्रै पोजिटिभ रिर्पोट आएको थियो।’

उनलाई कुनै दीर्घरोग थिएन।

मृतकको शव व्यवस्थापनका लागि सीसीएमसीमा खबर गरिसकिएको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2020-09-02 14:20:12

प्रतिकृया दिनुहोस्