२० प्रहरीसहित गण्डकी प्रदेशमा थपिए ३५ कोरोना संक्रमण

नेपाल प्रहरीका २० जनासहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

 क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा बुधबार गरिएको परीक्षणमा गण्डकी प्रदेशका ३५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

उनका अनुसार संक्रमितहरुमा कास्कीका २३, नवलपरासी (सुस्तापूर्व)का ७, लमजुङका ४ र तनहुँका १ जना रहेका छन्।

तनहुँ शुक्लागण्डकी १ कि संक्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्यान्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेकी छन् भने पोखरा महानगरपालिका १७ का २० जना नेपाल प्रहरीमा कार्यरत छन्। त्यस्तै लमजुङ, सुन्दरबजारका २ का ५० वर्षीय पुरुष ओमानबाट आएका हुन भने सुन्दरबजार ९ कि ४९ वर्षीया महिला स्थानीय किराना पसल सञ्चालक रहेकाे निर्देशक शर्माले बताए।

सबै संक्रमित व्यक्तिहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २४५ पुगेको छ।

प्रकाशित मिति: : 2020-09-02 11:37:03

प्रतिकृया दिनुहोस्