पर्साका थप ३४ जनामा काेराेना भाइरस संक्रमण भएकाे छ।
मंगलबार नारयायणी अस्पतालमा गरिएकाे पीसीआर परीक्षणमा ८ महिला र २६ पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे प्रवक्ता डा अतुलेश चौरसियाले बताए।
पछिल्लाे पटक संक्रमण पुष्टि भएका वीरगञ्ज महानगपालिकाका २१ जना छन्।
यता पर्सा पाेखरीयाका १, जिराभवानीका २, धाेविनी गाउँपालिकाका १ र कालिकामाई गाउँपालिकाका ९ जना रहेका छन्।
याेसँगै पर्सामा कोरोना संक्रमितकाे संख्या २१९४ पुगेकाे छ। जसमा १७०४ पुरुष र ४९० महिला छन्।