पाटन अस्पतालमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

 ललितपुरको पाटन अस्पतालमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ।

ललितपुर निवासी ती युवकको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

उनी गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए।

उनमा अन्य रोग थियो कि थिएन भन्ने कुरा जनस्वास्थ्य कार्यालयले खुलाएको छैन। साथै उनको ट्राभल हिस्ट्रीबारे पनि थाहा हुन सकेको छैन।

शुक्रबार रातिदेखि शनिबार दिउँसोसम्ममा पाटन अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2020-08-30 11:49:01

प्रतिकृया दिनुहोस्