नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

 नेपालमा शनिबार कोरोना भाइरसबाट थप १२ जनाको मृत्यु भएकाे छ।

याेसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

मृतकमा ३ महिला र ९ पुरुष रहेका छन्। पाल्पा, काठमाडौं र भक्तपुरका १/१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए। 

यस्तै पर्सा र ललितपुरका २/२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए। 

प्रकाशित मिति: : 2020-08-29 16:57:55

प्रतिकृया दिनुहोस्