धनुषामा उपचार सुरु भएको २ घण्टामै गुमाए ज्यान, स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि

धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। 

जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का ४५ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

रुघाखोकी, ज्वरो देखिएपछि बुधबार प्रादेशिक अस्पताल जनकपुधाम लगिएको उनको उपचार सुरु भएको २ घण्टामै मृत्यु भएको थियो।

झाका अनुसार ती पुरुषमा मधुमेह र क्षयरोगको समस्या पनि थियो। धनुषामा योसँगै कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ।

प्रकाशित मिति: : 2020-08-27 18:43:51

प्रतिकृया दिनुहोस्