बुटवलमा उपचाररत थप एक संक्रमितको मृत्यु

बुटवलको धागो कारखानामा सञ्चालित कोराेना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ।
 
लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति उपचारका क्रममै मृत्यु भएको हाे

बुधबार बेलुका ७ बजे स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएका ती संक्रमितको राति १० बजेर ५५ मिनेटमा मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

यही भदौ ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए। भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेकाे थियाे।

योसँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

प्रकाशित मिति: : 2020-08-27 09:22:26

प्रतिकृया दिनुहोस्