केशव स्थापित भन्छन्– काठमाडौंका मेयरलाई सयमा शून्य दिन्छु

महानगरपालिका पूर्वमेयर केशव स्थापितले मेयर विद्यासुन्दर शाक्य पूर्णरुपमा असफल भएको बताएका छन्। 

सामाजिक सञ्जालमार्फत् स्थापितले विद्यासुन्दरलाई आफूले काँधमा बोकेर जिताए पनि अपेक्षाअनुरुप काम गर्न नसकेको आराेप लगाएका हुन्। 

विद्यासुन्दर शाक्यले चुनावी घोषणापत्रमा उल्लेख गरेका थुप्रै योजना उनी मेयरमा निर्वाचित भएको तीन वर्ष पूरा हुँदा पनि सुरु भएका छैनन्। कतिपय सुरु भएका योजनासमेत अलपत्र अवस्थामा रहेका छन्। शाक्यले चुनावअघि ‘सय दिनमा एक सय एक’ काम गर्ने प्रतिबद्धता व्यक्त, गरेका थिए तर उनका अधिकांश प्रतिबद्धता कागजमै सीमित भएका छन्।

‘विद्यासुन्दर शाक्यलाई मैले काँधमा बोकेर जिताएको हो। १०१ योजना मैले ल्याएको हो। मैले दिएको १०१ काम गरे भने मेयर भए। मेयर असफल भए भने निर्मम भएर भन्ने हो,’ वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका स्थापितले लेखेका छन्।

स्थापितले मेयर शाक्यले गरेका कामको कसरी मूल्यांकन भएको छ भन्दै प्रश्न सोध्दै लेखेका छन्, ‘तपाईंको मूल्यांकनमा कति अंक दिनुहुन्छ मेयरलाई ? म १०० मा ०० दिन्छु।’

प्रकाशित मिति: : 2020-08-26 15:07:55

प्रतिकृया दिनुहोस्