वीरगञ्जस्थित नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचाररत एक जना पुरुषको मृत्यु भएको छ।
पटेर्वासुगौली गाउँपालिकाका ६८ वर्षका वृद्धकाे गएराति सवा १० बजे मृत्यु भएकाे हाे।
तराई हस्पिटलमा भर्ना भइ उपचार गराउँदै आएकोमा उनको अवस्था बिग्रदै गएपछि अक्सिजनसँगै राति ९ बजे गण्डक कोभिड अस्पताल रिफर गरिएको थियो।
उनको मृत्युपछि स्वाब संकलन गरी परीक्षणको लागि नारायणी अस्पताल पठाइएको गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहले बताए।
उनका अनुसार मृतकमा मुटुमा समस्या भई बाइपास सर्जरी गराएका ती वृद्धलाई श्वासप्रश्वासमा समस्या आउनुको साथै दुवै छातिमा निमोनिया देखिएको छ।
अस्पतालको आकस्मिक कक्षमै उपचारको क्रममा उनकाे मृत्यु भएको डा सिंहले बताए।
मृतककाे शव गण्डक अस्पतालमा राखिएको छ।