चन्द समूहका नेता कार्यकर्ता जसपामा प्रवेश

नेत्र बिक्रम चन्द समूहका विभिन्न तहगत जिम्मेवारीका ८८ जना नेता कर्यकर्ता जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्। उनीहरुलाई आइतबार पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले स्वागत गरेको जसपाद्वारा जारी एक विज्ञप्तिमा बताइएको छ।

बिप्लव समूहकामध्ये केन्द्रीय कमान्डका तत्कालीन सैन्य कमान्डर जीवन लामाको नेतृत्वमा पोलिट्ब्युरो सदस्यहरू प्रह्लाद फुयाल, रौतहट जिल्ला पूर्व सेक्रेटरी गोपाल जिम्मा लगायतका ८८ जना विभिन्न तहगत जिम्मेवारीमा नेता कर्याकर्ता पार्टी प्रवेश गरेको जसपाले बताएको छ।

प्रकाशित मिति: : 2020-08-23 17:58:56

प्रतिकृया दिनुहोस्