विश्वकै सबैभन्दा बढी उमेरका मानिस भनी दाबी गरिएका बृद्धकाे निधन भएको छ।
सन् १९०४ को मेमा जन्मिएका दक्षिण अफ्रिकाली फ्रिडी ब्लोमलाई सबैभन्दा बुढो भनेर दाबी गरिएकाे थियाे। तर गिनिज बुकले भने यसलाई प्रमाणित गरेको थिएन। केप टाउनको आफ्नै घरमा उनको शनिबार ११६ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ।
उनको निधन प्राकृतिक नै हो भन्ने परिवारको भनाइ छ।
दक्षिण अफ्रिकाको पूवी केप राज्यका यी व्यक्तिले ८० वर्षभन्दा बढी उमेर हुन्जेल कृषि फार्म र निर्माण उद्योगमा काम गरेको बीबीसीले जनाएको छ।
उनले केही वर्ष अगाडि मद्यपान त्यागे पनि चुरोटका अम्मली थिए।