'१३ औँ महाधिवेशनमा म नउठेको भए अझै हाम्रो पालो आउने थिएन'

थाहा खबर

काठमाडौँ

सन्तोष अधिकारी
नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले १३ औँ महाधिवेशनमा आफूले महामन्त्री पदमा उम्मेदवारी दिएकाले नै अहिले युवाहरुलाई बाटो खुलेको बताएका छन्।

थापाले थाहा खबरसँग कुराकानी गर्दै १३ औँ महाधिवेशनमा आफूले साहस गरेकैले अहिले दोस्रो पुस्ताका नेताले पदाधिकारीमा दाबी गर्ने हैसियत बनाएको बताएका हुन्। 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति भने फागुन ७ गतेलाई तोकिएको छ। पहिले केन्द्रीय सदस्यमा बल्लतल्ल स्थान बनाउने कांग्रेसको दोस्रो पुस्ताले यसपटक नेतृत्वदेखि पदाधिकारीसम्म आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन्। यसका पछाडि आफ्नो महत्त्वपूर्ण भूमिका रहेको युवा नेता थापा बताउँछन्।

‘१३ औँ महाधिवेशनमा पनि मलाई कसैले उम्मेदवारी दिन्छ भनेर पत्याएकै थिएनन् नि,’ उति त्यो क्षण सम्झिँदै भने, ‘शीर्ष नेताहरु सबैले नपत्याइरहेका बेला मैले उम्मेदवारी दिएँ। मलाई विश्‍वास गर्नेले, मेरो एजेण्डा मन पराउनेले भोट पनि हाल्नु भो।’ 
 

प्रकाशित मिति: : 2020-08-23 08:05:39

प्रतिकृया दिनुहोस्